विष्णु पौडेल र प्रचण्डबीच छलफल
२ मंसिर, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।
पौडेल मंगलवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।
प्रचण्ड र पौडेलबीचको भेटमा पार्टीमा उत्पन्न पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको थियो। तर, भेटबारे ठोस कुरा खुलाइएको छैन्।
नेकपाले बुधवार सचिवालय बैठक बोलाएको छ। तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डले गएको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने अडानमा छन् । तर, सचिवालयका बहुमत सदस्यहरू उक्त प्रस्ताव प्रचण्डको मात्रै नभएको बताउँदै आएका छन् ।
ओलीले आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई पनि उक्त प्रस्ताव फिर्ता गर्न पहल गर्न आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभएको बैठक नबस्ने चेतावनी पनि दिएका छन् ।
तर, ओलीले बुधवार बैठक बस्न अस्वीकार गरे औपचारिक बैठक राख्ने तयारी प्रचण्ड नेपाल सहितका बहुमत सदस्यको छ ।