अरिङ्गाल टोकाइले नेकपा अध्यक्ष ‘पारस’की छोरीको मृत्यु
द नेपाल मिडिया
२ मंसिर २०७७, मंगलवार १०:४४
२ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको अरिङ्गालका टोकाइबाट मृत्यु भएको छ ।
तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिङ्गालले चिल्दा घाइते भएकी उनकी १३ वर्षीया छोरी अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।
तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।
टोकाइबाट घाइते उनीहरुलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।