मोटोपन नियन्त्रण
१ मंसिर, रौतहट । मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ ।
त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, नियमबद्ध तालिका बनाएर खानपान गर्नु उचित हो ।
बिहानको नास्ता;
बिहान नास्ता अनिवार्य गरौं । नास्ता छाड्ने गल्ती गर्दै नगरौं । नास्तामा उसिनेको अण्डा, फलफूल, सातु, ग्रीन टि समावेश गर्न सकिन्छ ।
खाली पेट नबसौं;
बेला बेला केही न केही खाइरहने गरौं । यसरी खाँदा मोटोपन बढ्ने भ्रम धेरैलाई छ । तर, हामी लामो समय भोको बस्छौं र एकै पटकमा धेरै खान्छौं, जसले मोटोपन बढाउने गर्छ ।
फलफूल, सलाद र सागसब्जी;
आफ्नो दैनिक खानेकुरामा फलफूल, सलाद र सागपातलाई प्राथमिकतामा राखौं । मौसमी फलफूल पर्याप्त मात्रामा सेवन गरौं ।
पुग्दो पानी;
पुग्दो मात्रामा पानीको सेवन गरौं । पानीको साटो कोल्ड ड्रिंक, चिया कफी वा यस्तै पेय उचित हुँदैन । संभव भएसमम सादा पानी नै पिउनु उचित हुन्छ ।
चपाएर खाने गरौं;
राम्ररी चपाएर मात्र खानेकुरा सेवन गरौं । ठोस पदार्थलाई मुखमा नै तरल बनाएर निल्नुपर्छ भनिन्छ ।
रातको खाना;
रातको खाना हल्का, सुपाच्य हुनुपर्छ । सकेसम्म सुप वा फलफूल खानु उचित हुन्छ ।