तिहार र नेपाल संवतको उपराष्ट्रपति पुनद्वारा शुभकामना

   १ मंसिर २०७७, सोमबार १२:५८  

१ मंसिर, रौतहट । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार र नेपाल संवतको शुभकामना दिएका छन् । उनले शुभकामना दिँदै सम्पूर्ण नेपालीको समृद्धि कामना व्यक्त गरेका छन् ।

‘तिहार तथा नेपाल संवत् ११५१ प्रारम्भको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन् ।

उनले यस्ता चाडपर्वले राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘ हाम्रो विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्’, उनले भनेका छन्, ‘ महान् चाड तिहार र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।’

कोरोना महामारीका कारण यस वर्षका चाडहरू विगतका वर्षमा जस्तो नभएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी हर्ष उल्लासका साथ मनाउन पनि उपराष्ट्रपति पुनले आग्रह गरेका छन् ।