शनिबार ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे

   ३० कार्तिक २०७७, आईतवार १५:१८  

३० कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीलाई भेट्न साढे ५ बजे शितल निवास पुगेका थिए ।

नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेलामा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको हो ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रचण्डको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेको बताइएको छ ।

तर, प्रचण्डको प्रतिवेदनलाई लिएर प्रधानमन्त्री निकट नेताहरू भने आक्रोसित बनेका छन् ।

प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रुपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।

पार्टीभित्र विवाद बढेका बेलामा राष्ट्रपति भण्डारीले पटक पटक चासो राख्दै आएकी छन् ।