नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने

   २० पुष २०७९, बुधबार १४:४६  

२० पुस, रौतहट । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते (बिहीबार) बस्ने भएको छ ।

पुस २३ गते (शनिबार) नेपाली कांग्रेसको संसदीय दल बैठक बस्ने भएकोले केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते दिउँसो १ बजे बोलाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय भएपनि ६ दिन पर सारिएको हो ।