धनुषामा एक भारतीय महिला मृत अवस्थामा फेला
२० पुस, धनुषा । धनुषामा एक भारतीय महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा सोनपर बाँधनजिकै अन्दाजी ५० वर्षीया भारतीय महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । इनर्वा रेल्वे पश्चिम सोनपर बाँध चौरीमा ती महिलाको शव भेटिएको हो ।
मृत अवस्थामा फेला परेकी महिलाको झोला तलासी गर्दा सानो चिटमा फोन नम्बर फेला परेको र फोन मार्फात सम्परक गर्दा उनी भारत मुजफ्फरपुरका रहेकी खुलेको छ ।
मृतकका परिजनलाई जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा शव ल्याइएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






