महोत्तरीमा एक जनाको शव फेला

   २० पुष २०७९, बुधबार १०:४१  

२० पुस, महोत्तरी । महोत्तरीको औरहीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार बिहान ११ बजेतिर इँटा भट्टामा परालको छाप्रोभित्र फेला परेको हो । निजको हत्या गरि सो स्थानमा राखिएको आशंकामा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक झाको बायाँ आँखा पनि फुटेको प्रहरीले जनाएको छ ।