पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

   १८ पुष २०७९, सोमबार १२:४५  

१८ पुस, बारा । बाराबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

जिल्लाको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाको मोतिहारी नगरपालिका १६ का ४० वर्षीय चन्दन कुमारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ पक्राउ परेको निजका साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल तथा आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड र ११ हजार २ सय ७० भारतीय रूपैयाँ लगाएत एउटा मोबाइल समेत उनको साथबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।