गुटबन्दीको दोष प्रचण्डलाई

   २८ कार्तिक २०७७, शुक्रबार १३:५०  

२८ कार्तिक, रौतहट । नेपाल कम्युन्ष्टि पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको छ ।

प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ । मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन् । प्रधानमन्त्रीको पत्रबारे स्रोतले जनाएको छ ।

पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ ।

८ पेज लामो पत्र भए पनि सारमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन् ।