शुक्रबार ४ बजे नेकपा सचिवालय बैठक बस्ने
२७ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टीमा लामो समयदेखि माग भएपनि बैठक बस्न नसकेको बैठक बालुवाटारमा भोली ४ बजे बोलाइएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका हुन् ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् ।
पार्टी दुई अध्यक्षको सहमतिमा बैठक डाक्न सक्ने प्रावधान रहे पनि प्रधानमन्त्री ओलीले आफू कमजोर हुनसक्ने देखेपछि लगातार बैठक बोलाउन अटेर गर्दै आएका थिए ।
त्यसैको प्रतिक्रिया स्वरुप पार्टी कार्यालय धुम्बाराहीमा ओलीपक्षीय सचिवालय सदस्यबाहेकको छलफल भएको थियो ।