कम्युनिष्टका पूर्वमन्त्री भीमप्रसादको निधन

   २७ कार्तिक २०७७, बिहीबार १२:१४  

२७ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रर्वमन्त्री भीमप्रसादको निधन भएको छ ।

तनहुँ पिप्ले घर भएका उनलाई निमोनियाको उपचारपछि घर फर्केर आराम गरिरहेका गौतमको गए राती निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

तत्कालीन संविधानसभा सदस्यसमेत रहेका उनी भूमि सुधार मन्त्री रहेर पनि काम गरेका थिए । गौतम जनता समाजवादी पार्टीमा पनि क्रियाशील रहेका थिए ।

‘नेपालको समाजवादी आन्दोलनका अथक योद्धा तथा हाम्रा घनिष्ट मित्र भीमप्रसाद गौतमको निधनले पार्टी र समाजवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ,’ भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

उनी तत्कालीन श्रमिक संगठन, एकता केन्द्र, माओवादी, नयाँ शक्ति, समाजवादी पार्टी हुँदै पछिल्लो समय जसपामा सक्रिय थिए । गौतमले देश र जनताका पक्षमा निस्वार्थ सेवा गरेको भट्टराईको भनाइ छ ।

गौतमका श्रीमती, चार छोरी र दुई छोरा छन् ।