दाहालले बोलाए सचिवालय बैठक, तर ओली सहभागी नहुने
द नेपाल मिडिया
२१ कार्तिक २०७७, शुक्रबार १२:२०
२१ कार्तिक, रौतहट । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बतायो ।
दाहालले आज ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।