भोजपुरी अभिनेत्री रानी चटर्जी डिप्रेसनमा
द नेपाल मिडिया
१९ असार २०७७, शुक्रबार ०७:३२
असार १९, रौतहट । भोजपुरी अभिनेत्री रानी चटर्जी १५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी छन्। रानीले आफू अहिले तनावमा रहेकी बताइन्। रानीले इन्स्टा पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन्। उनले आफूलाई एक व्यक्तिले दुव्र्यवहार गरिरहेको उल्लेख गर्दै लेखेकी छन्, म धेरै डिपे्रसनमा छु। मजबुत र सकारात्मक बन्ने प्रयास गरे पनि सकिरहेको छैन। यो व्यक्तिले धेरै वर्षदेखि मेरो बारेमा फेसबुकमा घिनलाग्दा गाली गरिरहेका छन्। मैले इग्नोर गर्ने धेरै प्रयास गरेँ तर अब सकिरहेको छैन।’