सर्लाहीमा सवारी दुर्घट्ना हुँदा २ जनाको मृत्यु
१६ पुस, सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको हरिपुर र ईश्वरपुरमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो हरिपुर नगरपालिका ८ जगतपुरस्थित नवलपुर मंलगवा सडकखण्डमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरोको ठक्करबाट हरिपुर २ निवासी ३५ वर्षीय चक्रेश्वर चौधरी गम्भीर घाइते भएका थिए ।
प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएकोले थप उपचारका लागि दुर्घटनामा परेर गम्भीर घाइते भएको उनलाई वीरगञ्ज लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् फरार भएको बोलेरो चालकलाई राति लालबन्दी १७ रानीगन्जबाट पक्राउ गरिएको छ ।
त्यसैगरी, ईश्वरपुर नगरपालिका १२ स्थित पूर्वपश्चिम राजमार्गमा अन्र्तगत मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका ३ का ३० वर्षीय रोशन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक यादव लालबन्दी नगरपालिकामा कार्यरत सबइन्जिनियर थिए ।






