ट्रक र मोटरसाइकल आपसमा ठोक्किदाँ एकको मृत्यु, ३ जना घाइते
१५ पुस, मकवानपुर । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएको मोटरसाईकल चालक हेटौंडा १८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जनको मृत्यु भएको छ । प्रहरीका अनुसार सिमेन्ट लोड गरेर हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले सोहि विपरीत दिशाबाट आउदैँ गरेको गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकल ठक्कर दिएको थियो ।
धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया ५ तीनतलेमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही मोटरसाइकलमा सवार भएका ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार रहेको एक युवक गम्भीर घाइते भएका छन् ।
त्यसैगरी, ट्रक चालक निजगढ ९ निवासी सूर्य बहादुर घिमिरे पनि दुर्घटनामा परेर घाइते भएका हुन् । उनीहरुको हेटौँडा अस्पतालमै उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






