प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

   १५ पुष २०७९, शुक्रबार ११:५४  

१५ पुस, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान बालुवाटार पुगेका छन् ।

सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्षबीच भएको भेटवार्तामा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।