प्रधानमन्त्री र अध्यक्ष माधव नेपालबीच भेटवार्ता
१३ पुस, रौतहट । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आज बिहान भएको भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ ।
यस्तै, मंगलबार बेलुका एमालेका उपाध्यक्ष र उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले पनि अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।






