चरेससहित कैलालीबाट एकजना पक्राउ
१३ पुस, कैलाली । कैलालीबाट ९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई लागूऔषधसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्कस्थित कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट उनलाई मंगलबार नियन्त्रणमा लिएको थियो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटेल नम्बर १०१ बाट ९ किलो ३४० ग्राम चरेससहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






