सवारी दुर्घटनामा तीन घाइते
१२ पुस, रुपन्देही । रुपन्देहीमा मोटरसाइल दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये एक जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बेलुकी ७ बजेतिर साइकल र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर साइकलमा सवार नवलपरासी पश्चिमका ४२ वर्षीय राजेश सुनार र उनकी ८ वषीर्या छोरी हिमशीतल र मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका ४ बस्ने ३० वर्षीय इन्द्रमणी ठाकुर घाइते भएका छन् ।
गम्भीर घाइते भएको मोटरसाइकल चालकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ ।






