खेतमा लगाइएको गाँजा प्रहरीद्रारा नष्ट
adminbackup
१२ पुष २०७९, मंगलवार ११:२२
१२ पुस, बारा । बारामा खेतमा लगाइएको गाँजा प्रहरीद्रारा नष्ट गरिएको छ ।
जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ र १३ कुलियामा अन्दाजी १७ कठ्ठा जग्गामा धान बालि जस्तै गाँजा लगाएको भन्दैँ गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नष्ट गरेको छ ।
सोमबार साँझ सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मी १९ जनाको टोली गाजा फडानीका लागि खटिएको प्रहरीले जनाएको छ ।






