शीतल निवासमा प्रधानमनत्रीको शपथ ग्रहण हुँदै
११ पुस, रौतहट । पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्न पुगेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीले शपथ लिने स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको पदको शपथ लिन दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथ ग्रहण गर्ने भएका हुन् ।






