नेकपा एमालेबाट ४ जना मन्त्री पदमा नियुक्त हुँदै

   ११ पुष २०७९, सोमबार १५:२७  

११ पुस, रौतहट । नेकपा एमालेबाट ४ जना मन्त्री पदमा नियुक्त हुने भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेललाई नेकपा एमालेले उपप्रधान तथा अर्थमन्त्रीमा नियुक्त गर्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी लगाएत राजेन्द्र राईलाई सोमबार नै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी रहेको छ ।

यस्तै, माओवादी पार्टीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री पदमा राख्ने निर्णय गरिसकेको स्रोतले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रालयमा पदको लागि दाबी गरेका हुन् ।