नक्कली नोटसहित कैलालीबाट एकजना पक्राउ

   ११ पुष २०७९, सोमबार १४:२८  

११ पुस, कैलाली । कैलालीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित ट्राफिक चौराहाबाट एक वृद्धलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ६ घर भएका ५५ वर्षीय लाल बहादुर साउदलाई नक्कली नोटसहित हिरासतमा लिएको छ ।

निजको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।