धनुषामा गोली हानी एक जनाको हत्या

   १० पुष २०७९, आईतवार १४:२६  

१० पुस, धनुषा । धनुषामा गोली हानी एक जनाको हत्या गरिएको छ ।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय धनुक दासमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमै बसेको बेला शनिबार साँझ अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गोली हान्ने अज्ञात व्यक्तिको खोजी सुरु भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।