यात्रु बाहक बस दुर्घटना हुँदा खोटाङमा ६ जना घाइते

   १० पुष २०७९, आईतवार १३:४५  

१० पुस, खोटाङ । खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको दिक्तेल नगरपालिका १३ मा आज बिहान १०:४५ बजेतिर यात्रु बाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जना सामान्य घाइते भएका छन्, भने २ जनाको गम्भीर घाइते भएका हुन् ।

सामान्य घाइते भएकाहरुलाई जिल्ला सदरमुकामस्थितर रहेको अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, गम्भीर घाइते भएकालाई सो अस्पतालमा उपचार सम्भव नभएको कारण थप उपचारका लागि हेलिकोप्टरमार्फत्त् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।