लागुऔषधसहित एक महिला पक्राउ

   ९ पुष २०७९, शनिबार ११:११  

९ पुस, रौतहट । रौतहटको माधवनरायन नगरपालिकाबाट लागूऔषधसहित एक महिलालाई पक्राउ गरिएको छ ।

माधवनरायण नगरपालिका वडा नम्बर ५ मिठुअवा बस्ने ५२ वर्षीया सितापती देवी साहलाई लागूऔषध गाँजासहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा लुकाईछिपाई राखेर गाँजाको बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गरुड र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घर तलासी गर्दा २ किलो गाँजा बरामद गरेको छ ।

शुक्रबार साँझ सितापती देवीलाई उनकै निवासबाट गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकी ती महिलालाई ईलाका प्रहरी कार्यालय गरुडामा राखी लागूऔषधबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।