दुई समूहबीच झडप हुँदा ३५ जना घाइते

   ८ पुष २०७९, शुक्रबार १०:५०  

८ पुस, बैतडी । अस्पताल निर्माणको विषयमा दुई पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका छन् ।

बैतडीको मेलौली नगरपालिकामा अस्पताल निर्माण गर्ने विषयमा दुई समूहबीच झडप हुँदा ३५ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएपनि वडा नम्वर ७ का स्थानीयले आफ्नो वडामा अस्पताल निर्माण गर्ने माग राखेका थिए ।

सोही विषयमा झडप हुँदा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । हाल त्याहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।