सवारी दुर्घटना हुँदा धनुषामा दुई जनाको मृत्यु

   ७ पुष २०७९, बिहीबार १२:१३  

७ पुुस, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

विङ्गर गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर जिल्लाको शहीदनगर नगरपालिका ५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल र ना.५ ज.८४४० नम्बरको विङ्गर आपसमा ठोक्किाँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा गम्भीर घाइते भएको अर्काे एक जनाको प्रादेशिक अस्पताल जनकपुर ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ ।

घटनाबारे आवश्यक थप अनुसनधान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।