गौरस्थित एक होटलमा भारतीय नागरिकको शव फेला

   ७ पुष २०७९, बिहीबार १०:५४  

७ पुस, रौतहट । रौतहटको गौरस्थित एक होटलमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

गौर नगरपालिका वडा नम्बर ५ नयाँ बसपार्क नजिकै रहेको होटेल कृष्ण इनको कोठा नम्बर २०९ मा एक भारतीय पुरुषको शव भेटिएको छ ।

सितामढी जिल्लाको बैरगनिया घर भएका कपडा व्यापारी रामदेव गाडीयाको छोरा अन्दाजी ३५ बर्षीय प्रवीण गाडियाको शव कोठा भित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

थव विवरण आउँन बाँकी नै रहेको छ ।