मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

   ४ पुष २०७९, सोमबार १५:५४  

४ पुस, बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा रौतहटका दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रिकका २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रिटबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजगढ नगरपालिका १ स्थित सडकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार तीन जना सवार भएको मोटरसाइकलले प्र.२-०३-००१ ख ४२२९ नम्बरको ट्रकमा ठोक्किदाँ दुर्घटना भएको छ । दुर्घटनामा परेर उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएको अन्य एक जना सोही स्थानका सुशिल माझीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि एलएस न्यूरो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।