प्रतिबन्धित लागूऔषधसहित कैलालीबाट २ जना पक्राउ

   ३ पुष २०७९, आईतवार १५:१३  

३ पुस, कैलाली । लागूऔषधसहित कैलालीबाट २ जना पक्राउ परेका छन् ।

प्रतिबन्धित लागूऔषध (चरेस) सहित पक्राउ पर्नेहरुमा बझाङ खप्तडछान्ना गाउँपालिका ३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका २ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकबाट २ किलोग्राम चरेससहित दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।