नक्कली नोटसहित महोत्तरीबाट एक भारतीय पक्राउ
२ पुस, महोत्तरी । नक्कली नोटसहित महोत्तरीबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको सीतामढी जिल्ला ग्राम पंचायत भदियन थाना नानपुर १० घर भएका २१ वर्षीय रमन कुमारलाई नक्कली नोटसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
एक हजारको ११ थान नक्कली नेपाली नोट गत बिहीबार राति जलेश्वर नगरपालिका ३ मलिवारा बजारस्थित साट्न खोज्दाँ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भारतीय रुपैयाँसंग नक्कली नोट साट्न खोज्दाँ शंकास्पद अवस्थामा उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






