महोत्तरीमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

   १ पुष २०७९, शुक्रबार १३:१५  

१ पुस, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर १ मा रमिता देवी दास झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेकी प्रहरीले जनाएको छ । माइती धनुषाको ढल्केवरमा रहँदै आएकी रमिता घर फर्किएको भोलिपल्ट नै मृत अवस्थामा भेटिएकोले मृतका परिजनले हत्या भएको भन्दैँ आरोप लगाएका छन् ।

यस्तै, प्रहरीका अनुसार आफूहरु घटनास्थलमा पुग्दा मृतकको खुट्टा भुईमा टाँसिएकोले घटना शंकास्पद रहेको उनको भनाइ छ । हत्या गरेर झुण्डाएको हुन सक्ने आरोप समेत मृतकको आफन्तहरुले आरोप लगाएका हुन् ।

यस्तै, शव पोष्टमार्टमका लागि पठाइएकोले रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ ।