गहना चोरिएको आरोपमा एक जना पक्राउ
१ पुस, कास्की । गहना चोरिएको आरोपमा पोखराबाट एक महिला पक्राउ परेकी छन् ।
पोखरा बजारका विभिन्न स्थानबाट सुनचाँदीका गरगहना चोरेको अभियोगमा ३४ वर्षीया टीका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलमा बस्दै थिइन् ।
घरमा परिवारका अन्य सदस्यहरु नभई वृद्ध मात्रै भएको बेला मौका पाएर सुनका गहनासहित नगद समेत चोरेको भन्दैँ ९ जनाले उनी विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
यस्तै, पक्राउ परेकी महिलाको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । आरोपी ती महिलालाई हिरासतमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






