कञ्चनपुर बसको ठक्करबाट विद्यार्थीको मृत्यु
१ पुस, कञ्चनपुर । आज बिहान कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
कञ्चनपुरको पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट साइकलमा सवार बैजको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला तर्फ गईरहेको बसको ठक्करबाट महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन रहेको बैजको मृत्यु भएको छ ।
सिसैयाबाट साइकलमा सवार बिहानै कलेज जाने क्रममा दुर्घटनामा परेर निजको मृत्यु भएको छ ।






