धनुषामा एक महिलाको हत्या
२६ मंसिर, धनुषा । अज्ञात समूहले गरेको धारिलो हतियारको प्रहारबाट धनुषामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको घरमा आज बिहान ४ बजेतिर ३-४ जना नकवधारी (अज्ञात) समूहले आएर धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि जनकपुरस्थित काव्य अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत अमृताको श्रीमान् ले दिएको बयान अनुसार नकवधारी समूहको खोजी सुरु भएको छ ।
यस्तै, मृतकको श्रीमान् वीरेन्द्र यादवमाथि पनि शंकास्पद अवस्थामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






