साताको अन्तिम दिन सिनचाँदीको मूल्य वृद्धि

   २३ मंसिर २०७९, शुक्रबार ११:५८  

२३ मंसिर, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा १ लाख ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको अन्तिम दिन शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको कारोबार बिहीबार ९९ हजार रुपैयाँमा भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँ वृद्धि भई १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।