महिलाको चरित्र हत्या गर्ने सासंद अनिल झाले माफी माग्नु पर्छ : सासंद रेखा झा
१४ कार्तिक, रौतहट । रौतहट जिल्लाको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अनिल कुमार झा आफ्नै बोलिका कारण आलोचित बनेका छन ।
रौतहटको यमुनामाई गाँउपालिका २ मा जनता समाजवादी पार्टीले दशै, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सासंद झाले वैदेशिक रोजगारीमा रहेकाहरुमो श्रीमतीहरु प्रति नकारात्मक टिप्पणी गरेका थिए । पूर्व मन्त्री समेत रहेका सासंद झाले सो कार्यक्रममा बोलेका शब्दहरुले महिलाको मानमर्दन भएको भन्दै संघिय साँसद रेखा झाले विज्ञप्ती जारी गरेर विरोध गरेकी छिन ।
सासंद अनिल झाले सो शुभकामना कार्यक्रममा सम्वोधन गर्दै बैदेशिक रोजगारीमा गएकाहरुले कमाएर घरमा पठाउदा उनीहरुका श्रीमती फिल्म हेर्दै पैसा सकाएर पर पुरुष सित पोइल जान्छन भनेका थिए । सरकारले नगरपालिका र गाउँपालिकाको खातामा पठाउने विकास निर्माणको रकम स्थानीय तहका मेयरको बाउको सम्पति नरहेको भनी उनले स्थानिय तहका मेयरहरुलाई समेत मंचबाटै गाली गर्न भ्याएका थिए ।
कार्यक्रममा बोलेका शब्दहरुका कारण झा सामाजिक संजालमा निकै आलोचित बनिरहेका छन । “सार्वजनिक रुपमा मंच प्रयोग गरी सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या गरेकोले झाले यथा शिघ्र आम रुपमा माफी माग्नु पर्दछ ।” प्रतिनिधि सभा सदस्य रेखा भाले भनिन “विदेशियका पुरुषको श्रीमतीको बारेमा बोलिएको अशिष्ट अभिव्यक्ती अक्षम्य र घोर आपतीजनक रहेको छ ।” नेकपा साँसद रेखा झाले विज्ञप्ती मार्फत सम्पूर्ण महिला समाज संगठित भएर प्रतिकार गर्ने चेतावनी समेत दिएकी छिन ।
स्थानिय जनप्रतिनिधिलाई समेत गाली गर्दै पूर्व मन्त्री तथा जसपाका नेता झाले स्थनीय प्रमुखहरुको मान सम्मानमा ठूलो चोट पु¥याएको प्रति पनी सासंद रेखा झाले दुख व्यक्त गरेकी छिन ।
अनिल झाको अभिव्यक्ती प्रति रौतहटका स्थानिय तहका मेयर उपमेयरहरुले समेत विरोध जनाएका छन । सामाजिक संजालमा महिला अधिकारकर्मी तथा नेतृहरुले समेत झाको चर्को आलोचना गरेका छन । झाले भने केही संचारकर्मीहरुले आफूले बोलेको कुरालाई बंग्याएर अनर्गल प्रचार गरेको र आफूले कसैको मानमर्दन नगरेको सामाजिक संजालमा प्रतिक्रिया दिएका छन ।
रौतहटको क्षेत्र नं १ बाट निर्वाचित भएका झाले यस संसदिय क्षेत्रको विकासको साटो अनिल डिम्पल फाउंडेशनको नाममा व्यक्तिगत स्वार्थमा सबै रकम खर्च गरेको स्थानियको आरोप छ ।