धनगढीमा थप एक संक्रमित महिलाको निधन
द नेपाल मिडिया
१३ कार्तिक २०७७, बिहीबार १४:१२
१३ कार्तिक, रौतहट । धनगढीको सेती प्रादेशिक अस्पतालमा धनगढी, उपमहानगरपालिका २ बस्ने ५७ वर्षीय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
यही कार्तिक १० गते कडा खालको निमोनियाबाट ग्रसित भएका कारण उनलाई अस्पतालको मेडिकल वार्डमा उपचारको लागि भर्ना गरिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
स्वाब संकल गरी पीसीआर परीक्षण गर्दा उनीमा १२ गते कोरोना संक्रमण पुष्टि भएपछि, प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
उनले भने, “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।”