नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, आगामी बैठक मंसिर १५ देखि १७ सम्म

   १२ कार्तिक २०७७, बुधबार १५:५१  

१२ कात्तिक, रौतहट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिनुभएको छ ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तर त्यसपछि न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याइ राज्यकै पक्षबाट ट्रम्पको बचाउ गर्न अग्रसर भएको थियो ।

संघीय न्यायाधीशले मानहानीको मुद्दा खारेज गरेसँगै ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ ।

एजेन्सी