मुम्बईमा पाँच तारे होटलबाट दुई अभिनेत्री पक्राउ

   ८ कार्तिक २०७७, शनिबार १३:२८  

८ कात्तिक, रौतहट । मुम्बईको एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको भन्डाफोर भएको छ । रिपोर्टका अनुसार मुम्बई प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ ।

न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ । रिपोर्टमा ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन् ।

कथित रुपमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए । उनीहरु सेक्स र्‍याकेटका सदस्यहरुसँग भेटेका थिए । देहव्यापारको प्रमाण पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।

एजेन्सी