प्रदेश १ का आन्तरिक मामिलाई मन्त्री कार्कीलाई कोरोना संक्रमण
७ कार्तिक, रौतहट । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । आज बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री कार्कीले सामाजिक संञ्जाल फेसबुक मार्फत हिजो (बिहीबार) पीसीआर परीक्षण गराउँदा आज कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए ।
सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याब उदघाटन गरेका थिए ।
पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।