पर्साका १७ सहित थप ३५ जनामा कोरोना पुष्टि

   ६ कार्तिक २०७७, बिहीबार १३:०४  

६ कार्तिक, रौतहट । पर्सा र बारामा गरी थप ३५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानबाट जम्मा गरिएको स्वाबको नमुना १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा पर्साका १७ , बाराका १६, रौतहट का २ जनासहित थप ३५ जनाकोर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चोरसियाले जानकारी दिए ।

थपिएका कोरोना संक्रमितहरुको उमेर समुह ८ वर्षदेखि ७६ वर्षसम्म रहेको छ ।

उनीहरुको सिटि भ्यालु १७ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।