कोरोना संक्रमितलाई आफैंले उपचार खर्च व्यहोर्ने पर्ने सरकारको निर्णय अनुचित रहेको नेपालको भनाइ

   ४ कार्तिक २०७७, मंगलवार १२:५२  

४ कार्तिक, रौतहट । कोरोना संक्रमित बिरामी आफैँले उपचार अर्च व्यहोर्ने सरकारको निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथ पूर्वप्रधामनत्री माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

सरकारको यस्तो निर्णयले गर्दा नागरिक थप मारमा नै परेको उनले बताए ।

उनले मंगलबार विज्ञप्ति जारी गर्दौ कोरोना माहामारीको बेला यो निर्णय अनुचित भएको बताएका छन् ।  यस्तो महामारीको बेलामा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनको भनाइ छ ।

‘त्यसमा पनि गरिबी अभाव र बेरोजगारीले पिल्सिएका बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनु पर्नेमा नहुनु गम्भीर विषय हो’, विज्ञप्तिमा उल्लेख छ।

उक्त विभेदकारी गैरजिम्मेवार र नागरिकप्रति अनुत्तरदायी निर्णय तत्काल फिर्ता लिन उनले सरकारलाई आग्रह समेत गरेका छन् ।