सोमबार थपिए ३ हजार ७९० नयाँ संक्रमित
३ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ९० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हाल देशभर कोरोना संक्रमितको कुल सख्या १ लाख ३६ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको कुल संख्या ४० हजार ७ सय ७८ रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ८ सय ५१ र होम आइसोलेशनमा २६ हजार ९ सय २७ रहेको डा. गौतमले बताए ।
त्यसैगरी, बितेको २४ घण्टामा थप २ हजार ३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ ।
यसैबीच, विगत २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएसंगै हाल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय ५७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना गरी थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ।






