अवैध रकम १० लाख रुपैयाँसहित एक जना पक्राउ
३ कार्तिक, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेका १० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई प्रक्राउ गरिएको छ ।
सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा १० लाख नगदसहित जिल्ला प्रहरी रौतहटबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरिएको हो ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ७ निवासी २० वर्षीय दिपक पटेललाई आइतबार साँझ पक्राउ गरिएको छ ।
चाडपर्वको बेला भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नं. को मोटरसाइकलमा सवार पटेलले उक्त रकम हेलमेटभित्र लुकाएर ल्याएको पाइएको हो ।
प्रहरीका अनुसार पटेलको साथबाट एक हजारको नोट ८ सयवटा र ५ सय रुपैयाँको नोट ४ सयवटा गरि दश लाख रुपैयाँ प्रहरीले जानकारी दिए ।
प्रहरीले थप अनुसन्धानका लागी मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएको छ ।