काठमाडौँ मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेर एक युवकले गरे आत्महत्या

   ३ कार्तिक २०७७, सोमबार ११:५६  

३ कार्तिक, रौतहट । काठमाडौँ मेडिकल कलेज ( केएमसी) अस्पतालको तेस्रो तलाबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।

सोमबार बिहान करिब ८ः४० बजेको समयमा एक २६ वर्षीय युवकले अस्पतालको छतबाट हाम फलेर आत्महत्या गरेका हुन् । सोलुखुम्बु घर भएका रोशन खड्का र उनका परिवार काठमाडौँको बानेश्वरमा डेरा गरी बस्दै आएको छ ।

हिजो (आइतबार) साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रहरी अनुसन्धानमा उनी मानसिक रोगी समेत रहेका देखिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो घटना आज बिहानको नै हो ।