भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

   २ कार्तिक २०७७, आईतवार ११:०२  

२ कार्तिक, रौतहट । भेरी अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा ६ बस्ने एक ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यही असोज १४ गते उनलाई कोहलपुर कलेजमा उपचारका लागि ल्याएपछि, पीसीआर परीक्षण गर्दा उनमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था किग्रदै गएपछि असोज २७ गते भेरी अस्पतालमा उनलाई रेफर गरिएको थियो ।

यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।