शितल निवासमा तीन मन्त्रीले लिए सपथ

   २९ आश्विन २०७७, बिहीबार १३:२८  

२९ असोज, रौतहट । प्रधामन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार नियुक्त भएका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन् ।

सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने भएका छन् ।